राजनीति

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण ९ बजे

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।

छलफलमा संसद् विघटन गर्ने सहमति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी गरेका हुन्। 

शपथलगत्तै मन्त्रिपरिषद् गठन हुने भएको छ ।

   

You cannot copy content of this page