काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन् ।
प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।


