मधेस प्रदेश राजनीति

दसौं संविधान दिवसको अवसरमा रुपनगर चोकमा दीप प्रज्वलन 

कञ्चनरुप, ३ असोज  । दसौं संविधान दिवसको अवसरमा नेकपा एमाले कञ्चनरुप नगर कमिटीले रुपनगर चौकमा दीप प्रज्वलन गरि मनाएको छ ।

शुक्रवार नगर कमिटी अध्यक्ष एवं ६ नम्बर वडाका वडा अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख एवं मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्रको प्रमुख आतिथ्यमा रुपनगर चोकमा दिप प्रज्वलन गरि संबिधान दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्दै मिश्रले शहिदहरुको बलिदानी र जनताको त्यागले गर्दा बनेको संबिधानको सबैले संरक्षण र जगेर्ना गर्नु पर्ने बताउनुभयो । अहिले देश संकटमा रहेको बेला सबै नेपालीहरु संयम भइ देशको रक्षामा लाग्नु पर्ने बताउनुभयो ।

नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा संबिधान दिवस मनाइएको थियो ।

कार्यक्रम संचालन १२ नम्बर वडाका वडा सदस्य जैनुद्दिन मियाँले गर्नुभएको थियो ।

त्यसैगरी सिमरा चौकमा पनि दिप प्रज्वलन गरि संबिधान दिवस मनाइएको नगर कमिटीका सचीव केवल खत्रीले बताउनुभयो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।

   

You cannot copy content of this page