समाचार

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काठमाडौं । नक्खु कारागारबाट जेन–जी समुहको प्रदर्शनको क्रममा भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन ।

कारागारबाट फरार काभ्रेको पनौती नगरपालिका– १२ गागलका वर्ष ३६ का सन्तबहादुर तामाङले आफ्नै ३२ वर्षीया श्रीमती जमुना घ्यावा तामाङको हत्या गरी घरको पछाडि करेसामा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा २४ गते  नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा ३ वर्षे कैद सजाय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

You cannot copy content of this page