महुली, ५ असोज । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ६ का युवाहरुले आफ्नो गाउँ, आफै बनाउँ अभियान अन्तर्गत टोलमा सरसफाई कार्यक्रम संचालन गरेका छन् ।
आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने मान्यतालाई गाउँ स्तरसम्म पुर्याउन युवा समाजसेवी बुद्धिजीवीको नेतृत्वमा आइतबारबाट अभियान शुरु गरिएको हो ।
आफ्नो गाउँ, आफै बनाउँ अभियानको पहिलो चरणमा टोल भित्र रहेका फोहोर ब्यबस्थापन गरी सफाई कार्यक्रम संचालन गरेका छन् ।
युवा समाजसेवी बुद्धिजीवीको अगुवाईमा भएको सरसफाई कार्यक्रममा सडक नाला स्थानहरुका दाया बायाँ रहेका झाडी सफाई गर्ने, प्लास्टिकजन्य बस्तु, शिसा, बोटल, लगायत फोहोर मैलाहरुको संकलन गरी नस्ट गरिएको कार्यक्रममा सहभागीले जानकारी दिनुभएको छ ।
आफ्नो गाउँ आफै बनाऔं भन्ने रचनात्मक कार्यक्रमलाई हरेक महिना निरन्तरता दिइने अग्नीसाईर वडा न• ६ लाई सफा र स्वच्छ गाउँ बनाइने युवा समाजसेवीको उद्देश रहेको छ ।
सो कार्यक्रममा वडा न• ६ मोहनपुरका युवाहरु, टोलका अगुवा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

