समाचार

सप्तरी : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 

राजविराज, ०७ असोज । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका  वडा नम्बर २ स्थित हर्दियामा मंगलबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो  ।  

मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ बर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशिकी चौधरी रहेका छन् ।

घर नजिकै रहेको स्थानीय अरविन्द चौधरीको पोखरीमा नुहाउने क्रममा डुबेर दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको अवस्था मृत फेला परेको  प्रहरीले जनाएको छ ।

मृतक दुबै बालिकाको शव परिक्षणका लागि अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page