बिराटनगर, ७ असोज । मोरङ प्रहरीले विराटनगर महानगरपालिका- १७ स्थितबाट स्रोत नखुलेको १४ लाख बढी अवैध रकम सहित १ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाईकल चालक विराटनगर- १८ का ४१ बर्षीय बिरेन्द्र साहलाई उक्त रकम सहित पक्राउ गरेको हो ।
प्रहरी साहको साथबाट लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया बरामद गरेको छ ।
पक्राउ परेका साहको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको जनाइएको छ ।

