कञ्चनरूप, ८ असोज । पोखरीमा माछा मार्ने क्रममा बुधबार बिहान सप्तरीको कञ्चनरूपमा गोही फेला परेको छ । कञ्चनरूप नगरपालिका–१ स्थित बैरवामा पोखरीमा स्थानीयले माछा मार्ने क्रममा नौ÷दस किलोको गोही फेला पारेका हुन् ।
गोही जालमा परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरी बल बरमझियाले नियन्त्रणमा लिएर गोहीलाई संरक्षणको लागि सेनाको जिम्मा लगाएको छ ।

