समाचार समाज

सप्तरीमा घाँस काट्न गएकी एक महिला मृत फेला

कञ्चनरूप, १० असोज । सप्तरीमा घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छिन् । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ स्थित खोला किनारमा शुक्रबार घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया घुर्नीदेवी साह मृत फेला परेकी हुन् । 

चुरे वन नजिकैको खोलाको डिलमा घाँस काट्दै गरेको बेला बेहोस भई ढलेकी साहको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा थियो । 

घटना स्थलको मुचुल्कासहितको कानूनी प्रक्रिया पूरा गरि मृतकको शव परिक्षणका लागि राजविराज अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page