कञ्चनरूप ,१५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा रहेको प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरमा बुधवार पुष्पवृष्टी गरिएको छ । नेपाली सेनाको सहयोगमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको हो ।
विगत वर्षहरुमा जस्तै यसपालि पनि महानमीको अवसरमा नेपाली सेनाको सहयोगमा मन्दिरमा सेनाको हेलिकप्टरबाट पुष्प वृष्टी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
महानवमीका दिन सयौको सख्यामा राँगो र बोका वली दिने यस मन्दिरमा ६ सयबढी राँगो दर्ता भई सकेको तथा अन्य दर्ता गर्ने क्रममा जारी रहेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
त्यसैगरी मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा पनि बुधबारै बडा दशैंको अवसरमा दाेस्राे पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

मन्दिर समितिकाे सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार बिहान ११ बजे पुष्पवृष्टि गरिएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
दशैकाे नवमीकाे दिन दाेस्राे पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिएको हो ।


