कञ्चनरूप, १९ असोज । सप्तकोशी नदीमा पानीको बहाब तिब्र रुपमा बढ्दै गएको छ ।
आज बिहान १ बजे गरिएको मापन अनुसार ५ लाख १० हजार ९६० क्युसेक प्रती सेकेन्ड बहाब रहेको छ । यो बहाब खतराको संकेत हाे ।
पानीको बहाब बढ्दै गएपछि सबै ५६ वटै ढाेका खोलिएको छ ।
खतराको तह पार गरेसँगै काेशी व्यारेजकाे पुल भएर आवतजावतमा राेक समेत लगाइएको छ ।
कोशी ब्यारेज भएर १ लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
काेशी नदीमा बहाब तिब्र भएपछि सप्तरीसँगै उदयपुर र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

