जनकपुर । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन्।
त्यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

