समाचार समाज

सप्तरीमा गोली हानी ७३ वर्षीय पुजारीको हत्या 

कञ्चनरूप, ०२ कार्तिक । सप्तरीमा अज्ञात समुहले  गोली हानि एक जना पुजारीको हत्या गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका (महन्थ) पुजारीको अज्ञात समूहले गोली हानी आज बिहान हत्या गरेको हो ।

प्रहरीका अनुसार ७३ वर्षीय पुजारी रामदुलार साहको करिब बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा दुईवटा गोलीको खोका र १ जोर चप्पल फेला परेपनि हत्याराको भने पहिचान नभएको प्रहरीले जनाएको छ । 

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरी नेतृत्वको प्रहरी टोली खटी अनुसन्धान गरिरहेको जनाइएको छ ।

   

You cannot copy content of this page