समाचार

रुपनगर नन्दराज संग्रौला क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न, ५ जनालाई छात्रवृत्ति

कञ्चनरूप , ८ कात्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा तथा रास्ट्रिय सभाका पूर्व संसदीय दलका नेता सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा क्याम्पसको सभा हलमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सो कार्यक्रममा बोल्दै नेता प्याकुरेलले अहिलेको नयाँ शिक्षा नितिमा इतिहास ,नैतिक शिक्षा , संस्कार , संस्कृति र अनुशासन नभएकाले युवाहरुमा बिचलन पैदा भएको बताउनुभयो । उहाँले जवसम्म युवा , विद्यार्थीले देशको इतिहासको बारेमा जानकारी हासिल गर्दैनन् तवसम्म उनीहरु पछाडी पर्ने बताउनुभयो । क्याम्पसको उन्नति प्रगतिमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानाध्यापक तिर्थराज उपाध्याय , संचालक समिति सदस्य राजकुमार साह , विद्यार्थी गंगाराम मेहता लगायतका वक्ताहरुले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्राज्ञिक सांगठनिक प्रतिवेदन क्याम्पस प्रमुख प्राध्यापक दिपककुमार गजुरेल र वित्तीय (आर्थिक ) प्रतिवेदन पुस्तकालयका प्रमुख हेमप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । 

सोही अवसरमा दुई महिने आधारभूत कम्प्युटर  तालिम लिएका १२ जनालाई प्रमाणपत्र वितरण र ५ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

स्वागत मन्तब्य सहायक क्याम्पस प्रमुख श्रवण कुमार जोसिले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्राध्यापक पेशल जोसिले गर्नुभएको थियो ।

   

You cannot copy content of this page