कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर कञ्चनरुप नगरपालिका–९ लदवेदी टोलका ५० वर्षीय सुरज रामको मृत्यु भएको हो ।
राम बिहान करिब ७ बजे लुगा फुकालेर पोखरीको डिलमा राखी पोखरीको बीचतिर पुगी अचानक डुबेर बेपत्ता भएका थिए ।
करिब आधा घण्टाको खोजीपछि उनको शव पोखरीबाट बाहिर निकालिएको थियो ।
प्रहरीका अनुसार मृतकको शव आफन्तहरूको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको छ ।










