कञ्चनरूप, १५ कार्तिक । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका–२ बैरियाकी २८ वर्षीया मालती देवी साह रहेकी छिन् ।
शनिबार विहान ११ बजे तिर घरमा कपडा सुकाउने फलामको तारमा विद्युत प्रवाह भई लुगा सुकाउने क्रममा मालती देवीलाई करेन्ट लागि गम्भीर घाइते भएकी थिइन् । उनलाई बचाउने क्रममा उनकी सासू ५० वर्षीया सीता देवी साह र छिमेकी ६० वर्षीय रामपृत साह पनि करेन्ट लागी घाइते भएका छन् ।
तीनै जनालाई उपचारका लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएकोमा डाक्टरले इसिजी जाँच गर्दा मालती देवी साहलाई मृत घोषित गरेका थिए ।
अन्य दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








