कञ्चनरूप, १९ कात्तिक । तिलगंगा कञ्चनरुप सर्जिकल आँखा सेन्टर रुपनगरको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बुधबार ९ नम्बर वडा कार्यालयको सभाहलमा नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले तिलगंगाको युनिट यहाँ स्थापना हुनु कञ्चनरुपको मात्र नभएर सप्तरी जिल्लाकै गौरवको विषय रहेको बताउनुभयो ।
समाजमा तिलगंगा रहनु पर्ने बताउँदै आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
समाजमा अहिलेको अवस्थामा सेवा दिने मानिस कम रहेको र अहिले सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई बढि प्रसय दिएको उहाँले बताउनुभयो । अहिले राम्रो काम गर्नेलाई होच्याउने , बदनाम गर्ने कुराहरु बढि भएकोमा दुख ब्यक्त गर्नुभयो ।
तिलगंगा आँखा प्रतिस्ठान काठमाडौका बाह्य कार्यक्रम बिभागका हरिबहादुर कार्किले हालसम्म सर्जिकल आँखा सेन्टर रुपनगरमा करिव ४ हजार मोतिबिन्दुको बिरामिहरुको निशुल्क रुपमा शल्यक्रिया मार्फत सफल रुपमा उपचार गरिएको बताउनुभयो ।
नेपालमा १ लाखभन्दा बढि मानिसमा अन्धोपन रहेको , बढि मानिसमा नजिकको चश्मा लाउनु पर्ने देखिएको , खासगरी तिलगंगाले मोतिबिन्दुको बिरामीहरुलाई फोकस गरि कार्य गरिरहेको , शहरमा बिरामीहरुको पहुँच बढी भएको , ग्रामीण क्षेत्रमा पहुँच कम भएकोले हामीले ग्रामीण क्षेत्रलाई फोकस गरि काम गरि रहेको र अन्धोपनलाई निवारण गर्ने तिलगंगाको मुख्य उदेश्य रहेको जानकारी गराउनु भयो ।
सो कार्यक्रममा वडा अध्यक्षहरु , ईलाका प्रशासन कार्यालयका प्रतिनिधि , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि , स्वास्थ्य शाखाका प्रतिनिधि , स्थानीय संचारकर्मि ,समाजसेवी , स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।









