कञ्चनरूप, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मिति र समयमा भारतबाट चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको लाखौँको अवैध सामान बरामद गरेको छ ।
प्रहरीले ९ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरको विभिन्न कपडा र किराना सामान नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर वहादुर पुरीले बताउनुभयो ।
बरामद सामानहरू आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।










