अर्थतन्त्र समाचार

अब प्यान कार्ड र करका सेवा स्थानीय तहबाटै 

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । यो सँगै देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ ।  

विभागले यस्ता सेवा कार्यालयहरू खारेजगरी अन्य निकायमा काम बाँडफाँट गरेको जानकारी गराएको हो।

विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्नेलगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने भएको छ।

स्थानीय तहमा सो सेवा सञ्चालनमा समय लागेमा ती सेवा सम्बन्धित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गरिने व्यवस्था गरिएको छ।

कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायत धेरै सेवा अनलाइन प्रणालीमार्फतै प्राप्त गर्न सकिने विभागले जनाएको छ ।

   

You cannot copy content of this page