कञ्चनरूप, २२ कार्तिक । सप्तरी प्रहरीले कुटपिट मुद्दाका दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ४ का रामा देवी सरदार र रितादेवी सरदार रहेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट कुटपिट मुद्धामा वरदात पश्चात फरार रहेका उनीहरूलाई खोजतलास गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद कुमार साहले जानकारी दिनुभयो ।
तीन महिना कैद र ५ हजार जरिवाना तोकिएको उनीहरुलाई शुक्रबार सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।











