कोशी प्रदेश समाचार

सुनसरीमा स्कार्पियोबाट २ सय ५७ किलो गाँजा बरामद 

सुनसरी, २२ कार्तिक । सुनसरी प्रहरीले बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डमा स्कार्पियो गाडीबाट लागूऔषध गाँजा बरामद गरेको छ । 

शुक्रबार राती ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको हो । 

उक्त गाडी चालकको खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page