सप्तरी । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सरकारले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।












