काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।
उहाँ महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार हुनुहुन्थ्यो ।














