सप्तरी । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त हुनुभएको छ ।
संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराउनु भएको हो ।
मुख्यमन्त्री सरोज यादवको सिफारिसमा मन्त्री परिषद् समेत विस्तार भएको छ । मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीले मन्त्री पदमा सपथ लिनु भएको छ ।
उहाँहरुहरु बिना विभागीय मन्त्री बन्नु भएको हो ।













