भोजपुर, २६ कार्तिक । भोजपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
सोही अनुरुप कार्तिक २५ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएकोछ प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।
प्रहरीका अनुसार उक्त क्षेत्रबाट १ हजार ३ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको हो ।














