मधेस प्रदेश समाचार

कालाबजारीको २ सय २० बोरा डीएपी मल र ट्रकसहित यादव पक्राउ 

कञ्चनरूप, ०२ मंसीर। सप्तरीमा रासायनिक मल कालाबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादवलाई  प्रहरीले  नियन्त्रणमा लिएको हो ।

यादवले संचालन गरेको जनता कृषि सहकारी संस्था लिमिटडमा नेपाल सरकारबाट अनुदातित रासायनिक डिएपी मल कालाबजारी गरेको सुराकीको आधारमा ना ६ ख ६२८४ नम्बरको ट्रकसहित २ सय २० बोरा मल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सोधपुछ गर्दा आधिकारीक कागज पत्र देखाउन नसकेपछि आईतवार ट्रक, मलसहित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले बताउनुभयो । 

डिएसपी पुरीका अनुसार यादवलाई कालाबजारी कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page