कञ्चनरूप , ३ मंसिर । सप्तरी प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ७ का शिवनारायण यादव , राजविराज ९ का सरोज कुमार यादव , विष्णुपुर गाउँपालिका ६ का महेन्द्र कुमार राय र विष्णुपुर ६ कै समीर भन्ने कारी राय रहेका छन् ।
अदालतले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा शिवनारायणलाई १६ हजार ६ सय रुपैयाँ जरिवाना , सरोज कुमारलाई लुटपिट मुद्दामा १ हजार रुपैयाँ जरिवाना , महेन्द्र कुमारलाई कुटपिट मुद्दामा २ हजार रुपैयाँ जरिवाना र कारीलाई कुटपिट मुद्दामा २ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
कैद सजाय तथा जरिवाना तोकिएका तर लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरी अदालती प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।
उनीहरुलाई कारवाहीका लागि जिल्ला अदालत राजविराजमा पेश गरिएको छ ।









