काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको उल्लेख छ ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश प्रमाणीकरण गरेपछि सो विधेयक संसद अवकाशमा रहेकै अवस्थामा कानुनका रूपमा कार्यान्वयन हुने भएको छ ।












