मधेस प्रदेश समाचार

सप्तरी प्रहरीद्वारा १ सय ३४ बोरा अबैध डिएपी मल बरामद

कञ्चनरूप ,०७ मंसिर । सप्तरी प्रहरीले १ सय ३४ बोरा अबैध डिएपी मल बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित इनर्वा चोक स्थित स्थानीय धर्मेन्द्र दासले अबैध रुपमा लुकाई छिपाइ राखी कालोबजारी गरेको उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार दिउँसो २ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी,सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले दासले संचालनमा ल्याएको मल खाद स्टोर खानतलासी गर्दा ५० किलो का १ सय ३४ बोरा डिएपी मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । 

बरामद मल जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभएको छ ।

   

You cannot copy content of this page