सप्तरी । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।











