मधेस प्रदेश समाचार

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी यादव पक्राउ

कञ्चनरूप, ९ मंसिर । सप्तरी प्रहरीले झुठा विवरण पेश गरी भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ का रामबाबु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । 

फैसला कार्यान्यवनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई खोजतलास गरी पक्राउ गरेको हो ।

सम्मानित विशेष अदालत काठमाण्डौंबाट झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना फैसला भई वरदात पश्चात उनी फरार रहेका थिए ।

पक्राउ परेका यादवलाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page