सुनसरी, मंसिर ०९ गते । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित भारतीय कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा डब्लू बि ०२ एल ०१७५ नम्बरको कार र कार भित्र रहेको उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।
सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ओसारपसारमा संलग्न ब्यक्तिको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।












