मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

सुनसरीमा भारतीय नम्बरको कारबाट २० किलो गाँजा बरामद

सुनसरी, मंसिर ०९ गते । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित भारतीय कार प्रहरीले नियन्त्रणमा लिएको छ । 

मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह  र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  डब्लू बि ०२ एल ०१७५ नम्बरको कार र कार भित्र रहेको उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो । 

सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

ओसारपसारमा संलग्न ब्यक्तिको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page