समाचार

नवलपरासीमा छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु

साङ्केतिक तस्बिर

नवलपरासी, १० मंसिर । नवलपरासीमा छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु भएको छ । छोराको कुटपिटबाट नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो ।

घरायसी विवादमा छोराले मंगलबार राति बुबालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page