कञ्चनरूप ,११ मंसिर । सप्तरी प्रहरीले चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका ५ का सितल मण्डल र सोही स्थानका रावन कुमार साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले खोजतलासको क्रममा उनीहरुलाई बिहीबार पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
सप्तरी जिल्ला अदालतले नकावबनी चोरी मुद्दामा दोषी ठहर गरि मण्डललाई २ महिना ८ दिन कैद तथा ५ हजार जरिवाना र साहलाई २ महिना ८ दिन कैद सजाय तोकेपछि दुबैजना फरार रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई विहिबार नै सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।













