कञ्चनरूप, १५ मंसिर । सप्तरी प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको राजगढ गाउँपालिका ३ का अशोमलाल मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले खोततलास गर्दै जाने क्रममा मण्डललाई सोमबार नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरिले जानकारी दिनुभयो ।
सम्मानित सप्तरी जिल्ला अदालतले चोरी मुद्दामा मण्डललाई १६ दिन कैद तथा २ हजार जरिवाना सजाय तोकेको थियो ।
पक्राउ परेका मण्डललाई सोमबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।











