विराटनगर, मंसिर १६ गते । मोरङ प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित सिटी चालकलाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-०२-००४ ह २५२४ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो ।
लागू औषध गाँजा सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।












