मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

विराटनगरबाट स्रोत नखुलेको साढे ६ लाख सहित एकजना पक्राउ

बिराटनगर, १८ मंसिर । मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे ६ लाख रकम सहित १ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको उक्त रकम सहित बिराटनगर महानगरपालिका-१८ का रवि शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह  (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैँया सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page