समाचार समाज

सप्तरी प्रहरीद्वारा ४ वर्ष १८ दिन कैद भएका १ फरार प्रतिवादी पक्राउ 

कञ्चनरूप ,२१ मंसिर । सप्तरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ का उमेश प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले खोजतलासको क्रममा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । 

श्रीउच्च अदालत बिराटनगरले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरि साहलाई ४ बर्ष अठार दिन कैद सजाय तोकेपछि फरार रहेका थिए । 

पक्राउ परेका साहलाई आइतबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page