राजनीति

रोल्पाबाट गगन थापा प्रतिनिधिसभा चुनावका लागि सिफारिस

काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापाको नाम रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ। मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको बसेको बैठकले थापालाई मुख्य उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
थापासँगै चार जनाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। ती नाममा अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली रहेका छन्।
कांग्रेसले अब केन्द्रमा पठाइने सिफारिसको आधारमा अन्तिम उम्मेदवार छनोट गर्नेछ।

   

You cannot copy content of this page