समाचार

दुम्सी समाउन गएका दिलिप रेग्मीलाई ढिस्कोले पुर्यो, प्रहरीद्वारा उद्धार 

कञ्चनरूप, २७ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ बक्साहामा प्रहरीले ढिस्काेले पुरिएका एक जनाको उद्वार गरेको छ । स्थानीय ५५ वर्षीय दिलिप रेग्मीलाई प्रहरीले ढिस्कोले पुरीएको अवस्थाम उद्धार गरेको हो । 

शनिबार बिहान ८ बजेको समयमा घरदेखि १ किलोमिटर उत्तरमा रहेको चहाने खोरहिया जंगलमा दुम्सी समाउन गएकाे अवस्थामा रेग्मी ढिस्कोमा पुरिएका थिए । दुमसि समाउन गएकोमा अचानक खाल्डोमा परी माटोको डिस्कोले पुरेको थियो । 

रेग्मीलाई भित्रमा बोलाउदा बोलि रहेको भनि प्रहरीलाई जानकारी प्राप्त हुनसाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली पुगी रेग्मीको उद्वार गरेको हो ।

उद्वार गरिएका रेग्मीको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भएको तथा अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page