कञ्चनरूप, २८ मंसिर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १० गंगाजलि पुल स्थिमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
शनिबार साँझ फत्तेपुर कञ्चनपुर सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुर तर्फ जाँदै गरेको ना ३ प २२६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट साईकल चालक सप्तकोशी नगरपालिका १० बस्ने बर्ष ४१ को फुलचन राम, सोही साइकल पछाडी सवार सप्तकोसी ११ बस्ने बर्ष ४० को शियाराम खड्का घाइते भएका छन् । फुलचनको शरिरको बिभिन्न भागमा चोट लागेको र उनको स्थानिय किरण पोलि क्लिनिक फत्तेपुर सप्तरीमा उपचार भईरहेको भने शियारामको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र उनको न्युरो अस्पताल बिराटनगरमा लगि उपचार भइरहेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकल चालक सप्तकोशी २ बस्ने ठगा रामको छोरा बर्ष २८ को निरज कुमार रामको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको तथ सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँकै मदन बिक को छोरा बर्ष २८ को प्रम बिकको शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरू दुबै जनाको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको छ ।
साईकल र मोटरसाइकल प्रहरी चौकी फत्तेपुरमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











