सुनसरी, २८ मंसिर । सुनसरी प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार कोशी गाउँपालिका ८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका ३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।
लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटा लगायतका पहाडी जिल्लामा गाँजा खेती र तस्करी प्रभावकारी रूपमा नियन्त्रण हुन नसक्दा दैनिक रूपमा गाँजा तराई झार्ने क्रम बढ्दै गएको छ।











