समाचार

सप्तरीमा ट्यांकरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

xr:d:DAFbpsAE51M:3554,j:5900131764558555040,t:24012204

कञ्चनरुप, ०३ पुस । सप्तरीको विरेन्द्र बजारमा बिहिवार ट्यांकरको ठक्करले घाइते भएका एक बालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ विरेन्द्र बजार सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्यांकरले ठक्कर दिएर घाइते भएका स्थानीय विनोद मेहताको छोरा बर्ष ४ का सचिन मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
ट्यांकरले ठक्करबाट घाइते भएका सचिनको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । बालकको टाउको, खुट्टा तथा शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
मृतक बालकको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ भने ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page