राजविराज, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए ।
हाल उनी अस्पतालमा इन्टर्शीपमा काम गरिरहेका डा रहेका छन । उनको शव हाल नोबेल अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।










