समाचार

सप्तरीमा पिकअप गाडीबाट ८ क्युन्टल बढी गाँजा सहित एक पक्राउ

कञ्चनरुप, ९ पुष । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टि टोल स्थितमा बुधबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेको पिकअप गाडीबाट ८ क्युन्टल बढी गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पिकअप चालक राजबिराज नगरपालिका ११ बस्ने वर्ष २९ को राम कुमार यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले बिशेष सुचनाका अधारमा नेपालबाट भारत तर्फ जाँदै गरेको यादवले चलाई ल्याएको को १ च ९६६५ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
पिकअप गाडीबाट ३२ पोका गाँजा फेला परेकोमा नाप तौल गर्दा ८ क्युन्टल ५१ किलो २०० ग्राम प्लाष्टिक समेत र प्लाष्टिक बाहेक ८ क्युन्टल ३२ किलो बराबर लागु औषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पिकअप र पिकअप चालक यादवलाई नियन्त्रणमा लिइ लागूऔषध कसुर मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभयो ।

   

You cannot copy content of this page