उदयपुर, १२ पुस । उदयपुर प्रहरीले ७ सय ६३ किलो गाँजा बोकेको बोलेरो गाडी सहित २ जनालाई पक्राउ गरेको छ ।
चौदण्डीगढी नगरपालिका ३ स्थितबाट ७ सय ६३ किलो ७०० ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडी सहित चालक बेलका नगरपालिका ६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका ९ का राम बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी ३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नं को बोलेरो गाडीलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाडी भित्र ३० ओटा बोरामा रहेको अवस्थामा खोलेर हेर्दा ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा फेला परेको उदयपुर प्रहरीले जनाएको छ ।










