जनकपुर । शीतलहर र हुस्सुको कारण अत्यधिक चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आइतबारदेखि पुस १६ गतेसम्म जाडो बिदा दिने घोषणा गरेको छ ।
शनिबार जारी गरेको सूचनाअनुसार उपमहानगरपालिकाले मौसममा सुधार नआएको र विद्यार्थीलाई चिसोबाट जोगाउन आवश्यक देखिएकाले १३ देखि १६ पुससम्म विद्यालयहरूमा जाडो बिदा दिइएको हो।
उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विदा कार्यान्वयन गर्न उक्त सूचना मार्फत आग्रह गरिएको छ।











