समाचार

सप्तरीमा बहुविवाह मुद्दाकी फरार प्रतिवादी सरदार पक्राउ

कञ्चनरुप, १४ पुस । सप्तरी प्रहरीले बहुविवाह मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरीकी कविता देवी सरदारलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
सप्तरी जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै उनलाई १ वर्ष ५ महिना १६ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सजाय तोकिएपछि सरदार फरार भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खोजतलासको क्रममा सरदारलाई फेला पारेर नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकी सरदारलाई सोमबार नै सप्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page