समाचार

जाडो बढेसँगै राजविराजका विद्यालय तीन दिन बन्द

कञ्चनरूप, १५ पुस । शीतलहरले अत्यधिक जाडो बढ्न थालेपछि सप्तरीको राजविराज नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ । 

राजविराज नगरपालिकाका आज एक सूचना जारी गर्दै अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको जनाएको छ । 

सूचनामा भनिएको छ यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ ।

निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका स्थानीय तहले विद्यालय बिदा दिएका छन् ।

सप्तरीमा शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । अहिले चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ ।

तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ ।

   

You cannot copy content of this page